जिम्मेवारी पूरा नगर्ने ८ जना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, २७ चैत २०७४ । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका ७ जना इञ्जिनियर र १ जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ ।

भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै ८ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।

कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी खटिएका रामजी श्रेष्ठ, तादी–४ सुन्दरादेवी खटिएका रिजन अगञ्जा, तादी–५ नर्जामण्डप खटिएका शेखर झा, पञ्चकन्या–१ चौघडा खटिएका राधाकान्त शाह र ककनी–४ ककनी खटिएका सव–इञ्जिनियर नवराज शर्मा चापागाई रहेका छन् ।

भूकम्पपीडितलाई सेवा पु¥याउन परिचालन भएका प्राविधिकले लाभग्राहीको मापदण्ड विपरीतको घर अनुदानको लागि सिफारिस गरिदिन घुस लिएको, नक्सा पास गर्नुपर्ने बाहना बनाएर अतिरिक्त रकम असुल गरेकोलगायतको अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि जिल्लाको सिफारिसमा पाँच जना प्राविधिकलाई केन्द्रले यसअघि सेवाबाट हटाएको थियो ।

 

  • 53Read This News:
  • 505187Total reads:
  • 308558Total visitors: