अछाम, १६ जेठ २०७५ । गणतन्त्र दिवसको अबसर पारेर अछाममा पनी ३ जना कैदीको कैद मिनाहा गरेको छ । ११ औं गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मीनाहा गदै आएको छ ।
कैद मीनाह हुनेमा बहुवीवाह मुद्धाको अभीयोगमा जेल सजाए भोग्दै आएका साफेबगर नगरपालका वडा नंः ४ का प्रेम बहादुर बुढा, बहुवीवाह मुद्धाकै अभीयोगका पञ्चदेवल बिनायक नगरपालीका – ४ कालिकास्थानका यशोदा शाह र कर्तब्यज्यान अभीयोगका मंगलसेन नगरपालका वडा नंः १ कुन्तिबण्डाली टेके कामी रहेको जिल्ला कारागार अछामले जनाएको छ ।
बुढा २ महीना अघी, शाही डेढ बर्ष अघी र कामी साढे आठ बषी अघी देखी जेल सजाए भोग्दै आएका थीए ।
भवानी प्रसाद भण्डारी


