कोइला खानी भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो

भारत, १८ पुस २०७३। गत बिहीबार राति पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किँदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ ।
बेपत्ता भएका व्यक्तिहरु मध्ये ६ जनाको शव निकालेपछि आइतबार सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना कामदारको उद्धारकार्य जारी रहेको पनि बताइएको छ ।
यस घटनामा मारिने व्यक्तिको सङ्ख्या २३ पुग्ने आशङ्का गरिएको झारखण्डका प्रहरी प्रवक्ता आरके मल्लिकले जनाएकाछन् ।

सन् २०१५ मा भारतमा अवस्थित विभिन्न खानीहरुमा भएका दुर्घटनाहरुमा ३८ व्यक्तिको मृत्यु भएको थियो ।

कोइला उत्पादनको लागि भारत विश्वको तेस्रो ठुलो देश हो । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

 

  • 51Read This News:
  • 505367Total reads:
  • 308733Total visitors: