अवैध कपडासहित ५ जना पक्राउ

पश्चिम नवलपरासी, ५ मङ्सिर २०७५ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अवस्थामा ठूलो परिमाणको कपडासहित ५ जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका–३ कजरैयास्थित भित्री सडकखण्डमा भारतीय मोटरसाइकलबाट ओसारपसार गरिरहेको अवस्थामा १२ लाख ११ हजार ७ सय ८८ रुपैया बराबरको कपडासहित तस्करीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–१ रामपुरका ३५ वर्षीय मुवारक अन्सारी, सरावल गाउँपालिका–६ रामपुर खडौनाका १९ वर्षीय रञ्जित चौधरी, सोही ठाउँका १८ वर्षीय दुर्गेश हरिजन, पाल्हीनन्दन–१ का २५ वर्षीय विनोद यादव र सोही ठाउँ बस्ने ३० वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बरामद गरिएको अवैद्य कपडा, तस्करमा संलग्न व्यक्ति तथा मोटरसाइकललाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

  • 33Read This News:
  • 501902Total reads:
  • 305421Total visitors: