महाकाव्य ‘रापती’ सार्वजनिक

काठमाडौँ, ३० असार । कवि नीलमकुमार न्यौपानेद्वारा लिखित महाकाव्य ‘रापती’ आज यहाँ सार्वजनिक भयो ।

राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै ऐतिहासिक पक्ष समेटिएको छ ।

मिडिया स्कूलद्वारा आयोजित लोकार्पण कार्यक्रममा लेखककी आमा भैरवी र प्रकाशक संगीता न्यौपानेकी आमा सावित्री ढुंगेलले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको हो । पेशाले निजामती कर्मचारी न्यौपानेको यो १४ र्आँ कृति हो । कवि रमेश खकुरेल, समीक्षक ज्ञाननिष्ठ ज्ञवाली, सुरेश सत्याल, पं चेतोनाथ शर्मा र पेक्षा लम्सालले कृतिमाथि चर्चा गर्नुभएको थियो ।

 

  • 36Read This News:
  • 459618Total reads:
  • 269124Total visitors: