टर्की र ग्रीसको सिमा क्षेत्रमा शक्तिशाली भूकम्प,१० जना घाइते

ग्रीस, ३० जेठ २०७४। टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् ।
ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जना घाइते भएको जनाएको छ ।

दर्जनौ घरहरु भत्किएको र सडकहरु पनि चिराचिरा परेको
उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य स्थानीयले अपाङगता भएका र महिलाहरुलाई पहिलो प्राथमिकता दिई उद्धारको काम भइरहेको जनाएका छन् ।

 

  • 96Read This News:
  • 459320Total reads:
  • 268840Total visitors: