भारतिय राष्ट्रपतीको चयनका लागि ३ सदस्य समिति गठन

भारत, ३० जेठ २०७४। भारतीय जनता पार्टीद्धारा नयाँ राष्ट्रपति चयनका लागि प्रमुख पार्टीहरुको साझा धारणा बनाउनका लागि तीन सदस्यीय एउटा समिति बनाएको छ ।

समितिले विपक्षी पार्टीलाई समेत सहमतिमा ल्याउने प्रयास गर्ने सो पार्टीका नेताहरुले जानकारी दिएका छन् ।

समितिमा नेताहरु अरुण जेट्ली, राजनाथ सिंह र वेनकिआह नायडु रहनु भएको छ । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछिको राष्ट्रपतिका लागि विपक्षी र सत्तारुढ गठबन्धनको तर्फबाट समितिले उम्मेदबार छान्नेछ ।

राष्ट्रपति मुखर्जीको कार्यकाल यही २५ जुलाईमा सकिन लागेको छ । उहाँ गत सन् २०१२ मा पाँच बर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको थियो ।

विपक्षी पार्टीहरुले पनि काँग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीसँग केही समय यस विषयमा छलफल गरेका छन् ।

विजेपी होस् वा विपक्षी दुवै पक्षले राष्ट्रपतीय निर्वाचनका लागि चाँडै नै उम्मेदबारी दर्ता गर्नुपर्ने भएको छ ।

उम्मेदवारी दर्ता जुन १४ देखि जुन २८ सम्ममा गर्न पाइने कार्यतालिका रहेको छ । मतदान भने जुलाई १७ का दिन गर्ने तय भएको छ ।

राष्ट्रपति निर्वाचनका लागि भारतमा तल्लो र माथिल्लो गरी दुवै सदनका सदस्यहरु र सवै प्रदेश संसदका निर्वाचित सदस्यहरुले मतदान गर्ने व्यवस्था रहेको छ ।

 

  • 95Read This News:
  • 459333Total reads:
  • 268853Total visitors: