हमासले विद्यार्थीलाई मानव ढाल बनाएको नेतन्याहुको आरोप

इजरायल, २९ जेठ २०७४ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थीको अधिकारका लागि कार्यरत संस्था ९युएनआरडब्लूए० ले दुई विद्यालयभित्र सुरुङ भेटिएको बताएपछि नेतन्याहुको सो प्रतिक्रिया आएको हो । उहाँले युएनआरडब्लूएले संयुक्त राष्ट्रसङ्घसँग विवादास्पद गतिविधिमा सम्लग्न गरेको आरोप लगाउदै सो संस्थालाई विघठन गर्न जोडदार माग गर्नुभएको छ ।

अमेरिकी राजदूत निकी हेलीसँगको कुराकानीमा डर अल बालाहको अल मघाजी शरणार्थी शिविर क्षेत्रमा रहेका दुई विद्यालयभित्र सुरुङ भेटिएको भन्दै शरणार्थीका लागि काम गर्ने उक्त संस्थाको गतिविधिमाथि नै प्रश्न उठेको नेतन्याहुले बताउनुभयो ।

 

  • 85Read This News:
  • 502316Total reads:
  • 305806Total visitors: