अवैध रकमसहित चार व्यक्ति प्रक्राउ

बाँके, ४ चैत २०७३ । अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

भारतीय रु २० लाख ४ हजार २ सय ८० र नेपाली रु ७ लाख ३२ हजार ८ सय ४० सहित नेपालगन्ज–१ धम्बोजी शिवमन्दिर नजिकैबाट बिहीबार अपराह्न नेलाराम वर्माको घरमा डेरा गरी बस्दै आएका घरबारी टोल–४ मा रामदूत भाँडा पसलका सञ्चालक सन्तोष रायसहित चारजनालाई प्रक्राउ गरेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बाँके कट्कुइया–५ का २८ वर्षीय अहमद अन्सारी, कट्कुइया–४ का उमेर नखुलेका नोर महमद खाँ र नेपालगन्ज–१ धम्बोजीका ३२ वर्षीय राजेश कुम्हार रहेको अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिनुभयो ।

बरामद गरिएको रकमको स्रोत नखुलेकाले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

 

  • 29Read This News:
  • 454365Total reads:
  • 264995Total visitors: