बेलायती महारानीबाट प्रधानमन्त्री मेलाई ब्रेक्जिट प्रक्रिया शुरू गर्न अख्तियार प्रदान

वेलायत, ४ चैत २०७३। बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा विहीबार हस्ताक्षर गर्नुभएको छ ।

गत बर्ष भएको जनमतसङ्ग्रहको परिणामको भावना अनुसार बेलायती संसदले हालै पास गरेको विधेयक अनुसार बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा महारानीबाट स्वीकृती आएको हो ।

यससँगै प्रधानमन्त्री मेले इयूको लिसवन सन्धिको धारा ५० अनुसार बेलायतलाई इयूबाट बर्हिगमन गराउने प्रक्रिया थाल्ने अख्तियारी प्राप्त गर्नेछ ।

अव प्रधानमन्त्री मेले बेलायती सरकारको तर्फबाट यूरोपेली आयोगलाई पत्राचार गरी बहिर्गमन प्रक्रियामा जाने निर्णय लिएको कुरा औपचारिक रूपमा जानकारी गराउनेछ ।

 

  • 24Read This News:
  • 486720Total reads:
  • 291316Total visitors: