नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित

मोरङ, १० फागुन २०७३ । कानुनको अभावमा नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित भएका छन् ।

‘निलहीरा’ समाज र परिवर्तशील समाजले आज विराटनगरमा अयोाजना गरेको अन्तक्र्रिया कार्यक्रममा एक सयभन्दा बढीसमलिङ्गी जोडी विवाहको प्रतिक्षामा रहेको निलहीरा सामाजका सञ्चार अधिकृत माधव दुलालले जानकारी दिनुभयो ।

संस्थागत रुपमा जानकारी गराएर एक सय जोडी समलिङ्गीले विवाह गर्न चाहेका हुन । सञ्चार अधिकृत दुलालले भन्नुभयो,“सर्वोच्च अदालतले लिभिङ्ग टुगेदरको विषयमा उमेर पुगेकाले बस्न पाउने फैसला गरेकाले सँगै बस्न पाएका छन् तर विवाह गर्ने अधिकार भने छैन् ।”

उमेर पुगेका व्यक्तिले सँगै बस्न पाउने भएजस्तै विवाह पनि गर्न पाउनुपर्ने समलिङ्गी तथा तेस्रो लिङ्गी महिलाको माग रहेको उल्लेख गर्दै परिवर्तनशील समाज विराटनगर शाखाका अध्यक्ष मुस्कान श्रेष्ठले उनीहरुको आयआर्जनका लागि स्थानीय निकायले बजेट दिए पनि सोचेजति काम हुन नसकेको छैन भन्नुभयो ।

स्थानीय निकायबाट उनीहरुको वृत्तिविकास र आयआर्यजनका लागि व्यवसायमूलक तालिमसमेत दिने गरिएको छ। मोरङमा ११ हजार समलिङ्गी र तेस्रो लिङ्गी छन् ।

 

  • 87Read This News:
  • 506351Total reads:
  • 309669Total visitors: