राज्यविरुद्ध रहेको आशङ्कामा डा. राउत पक्राउ

धनुषा, २१ माघ २०७३। प्रहरीले डा सिके राउतलाई विहिवार जनकपुरबाट पक्राउ गरी सिरहा पुर्याएको छ ।

उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

धनुषाका एक प्रहरी अधिकारीका अनुसार उनलाई सिरहा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको हो ।

डा. राउत बस्ने घरको ताला फोडी प्रहरीले खानतलासी समेत गरेको छ । उनलाई राज्य विप्लव मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ । दर्जनौँ प्रहरीले उनका साना नानीहरु र परिवारलाई त्रसित पार्दै दुव्र्यवहार गरेको प्रतिक्रिया अभियुक्त डा राउतका सहयोगी कैलाश महतोले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

  • 21Read This News:
  • 438014Total reads:
  • 250026Total visitors: