२ साता देखीको आगलागीका कारण चिलीमा ११ जनाको मृत्यु, हजार घर नष्ट

चिली, १७ माघ २०७३। चिलीमा २ साता पहिले सुरु भएको डढेलो वस्तीलाई भेटेपछि भएको घटनामा आइतबारसम्म कम्तिमा ११ जनाको मृत्यु भएपछि चिलीका राष्ट्रपति मिचेल वाचलेटले शनिबार एक प्रेस सम्मेलन गर्दै यस सङ्कटको घडीमा शान्त बनी आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

जङ्गलमा लागेको आगो कसैले जानीजानी लगाएको पनि हुनसक्ने बताउँदै अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको र १ हजार ८९ घर जलेर नष्ट भएका जानकारी दिनुभयो । सरकारले सङ्कटको यस समयमा आफ्ना नागरिकको दुखलाई कम गर्न सरकार लागिपरेको बताउनुभयो ।

आगलागीका कारण करिब ५ लाख हेक्टर जङ्गल क्षेत्रमा फैलिएको बताउँदै राष्ट्रपति वाचलेटले भन्नुभयो, आगलागीका कारण उक्त क्षेत्रमा अकल्पनीय रुपमा तापमान वृद्धि भएको र जङ्गल वरपरका वस्तीमा समेत जनजीवन नराम्रोसँग प्रभावित बनेको बताउनुभयो ।

कोकिम्बो, माल्पारासियो, सेन्टियागो, ओ हिगिन्स, माउले वाइओविओलगायतका क्षेत्रमा डढेलो फैलिएपछि चिलीले आगलागी नियन्त्रणका लागि १ हप्ता अघि अन्तर्राष्ट्रिय सहयोगको याचना गरेको थियो । आगलागी अझैपनि ठाउँठाउँमा नियन्त्रणमा आउनसकेको छैन ।

 

  • 27Read This News:
  • 507156Total reads:
  • 310466Total visitors: