अफगानिस्तान, ५ माघ २०७३। अफगानिस्तानमा इश्लामिक स्टेट (आईएस)का ६ जनाभन्दा बढी लडाकु मारिएका छन् ।
पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रदेशमा सरकारी सुरक्षा फौजले गरेको कारवाहीमा परी उनीहरुको मृत्यु भएको सेनाले बुधबार जनाएको छ ।
“अफगानिस्तानको सेनाले हस्कामिना जिल्लामा मङ्गलबार सुरक्षा कारबाही चलाएको थियो, सो क्रममा ६ जना आइएस लडाकु मारिएका छन् भने अन्य ४ जना घाइते भएका छन्,” सेनाद्वारा जारी वक्तव्यमा भनिएको छ ।
काबुलदेखि १२० किलोमिटर पूर्वतर्फ पर्ने सो ठाउँमा सुरक्षाकर्मी र आइएस लडाकुबीच झडप भएको थियो ।


