थाइल्यान्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

थाइल्याण्ड, २६ पुस २०७३ । थाइल्याण्डको दक्षिणी १० वटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण दक्षिण थाइल्याण्डमा सामान्य जनजीवन प्रभावित भएको बाढी प्रकोप नियन्त्रण विभागका महानिर्देशक काटचाई प्रोमलर्टले बताउनुभएको छ ।

बर्षापछि बाढी आउँदा सोमबारसम्म कम्तीमा २१ जनाको मृत्यु भएको छ भने करिब २०० भन्दा बढी स्थानमा सडकमा क्षति पुग्दा आवागमन अवरुद्ध भएको छ । बाढीका कारण ३ लाख ३० हजार घरहरुमा क्षति पुगेको छ । यसबाट जनवरी महिनामा ९ लाख ६० हजार मानिस विस्तापित भएका छन् ।

वर्षाका कारण कतिपय क्षेत्र आंशिक डुबानमा परेपछि करिब १० लाख मानिस प्रभावित बनेका बताइएको छ ।

थाइल्याण्डको मौसम विभागले मङगलबारदेखि मौसममा सुधार आउने बताएको छ । विभागले नदीका आसपासका क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यस्तै प्रशासनले डुवानमा परेका वस्तीबाट पानी निकाल्न निकै ठूला पानी तान्ने पम्पको सहयोगमा अनवरत जुटिरहेको, महानिर्देशक प्रोमलर्टले जानकारी दिनुभयो ।

नयाँवर्षको शुरुवातसँगै आएको बर्षाले थाइल्यान्डको पर्यटन व्यवसायलाई पनि नराम्रो असर छोडेको छ ।

 

  • 31Read This News:
  • 417777Total reads:
  • 230526Total visitors: