चीनमा ४ लाख जनाभन्दा बढी सर्वसाधारण अनुशासनको कारबाहीमा

चीन, २१ पुस २०७३। सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा ४ लाख जनाभन्दा बढी सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले बिहीबार जानकारी गराएको छ ।

उक्त विभागको वाचडगले बिहीबार दिएको जानकारीअनुसार ४ लाख १५ हजार जनाभन्दा बढीलाई अनुशासनका कारबाही गरिएको छ ।

सन् २०१६ मा पार्टीको अनुशासन उल्लङ्घन गरेका ती व्यक्तिलाई अनुशासनको कारबाही गरिएको सो विभागले जानकारी दिएको छ ।

त्यसैगरी स्थानीयस्तरमा पार्टीको कामगर्ने र सरकारी ओहदामा समेत रहेकामा २ लाख ५६ हजार जना रहेका छन् ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारजन्य क्रियाकलापकहरूका साथै पार्टीले तोकेको अनुशासनको दायराको उल्लङ्घन गर्ने पार्टी सदस्य तथा कर्मचारीलाई कारबाही गर्दै आएको छ ।

 

  • 27Read This News:
  • 417695Total reads:
  • 230450Total visitors: