विश्व शान्तिमा नयाँ महासचिव गुटेरेसको जोड

अमेरिका, १७ पुस २०७३ । संयुक्त राष्ट्रसङ्घका नवौँ महासचिव एन्टोनियो गुटेरेसले विश्व शान्तिमा जोड दिनुभएको छ ।

केहीबेरअघि राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा महासचिवको कार्यभार सम्हालेपछि आफ्नो प्रथम सन्देश दिँदै उहाँले सबैले शान्तिलाई प्रथम प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

‘शान्ति नै हाम्रो पथप्रदर्शक र लक्ष्य हुनुपर्छ’ भन्दै उहाँले द्वन्द्व र युद्धबाट कसैको विजय नहुने बताउनुभयो । महासचिव गुटेरेसले शान्तिप्रतिको प्रतिबद्धता जाहेर गर्न र सन् २०१७ लाई शान्ति वर्ष बनाउन सबैमा अपिल पनि गर्नुभएको छ ।

 

  • 35Read This News:
  • 417434Total reads:
  • 230190Total visitors: