पुष २७ देखि प्रथम रामपुर महोत्सव हुने

पाल्पा, २ पुस २०७३ । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो प्रथम रामपुर महोत्सव यही आउँदो पुष २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० करोड बराबरको कारोबार गर्ने, दुई लाख बराबर दर्शक भित्र्याउने लक्ष्य रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।

महोत्सवमा अटो मोबाइल्स र होटल रेस्टुरेन्ट बाहेक २०० वटा स्टल रहनेछन् । कृषिजन्य वस्तुको प्रवद्र्धन र रामपुर क्षेत्रको व्यापार व्यवसाय बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।

डोको बुनेर मासिक २५ हजार बराबरको आम्दानी

रामपुर नगरपालिका– १० किसानबारीका ६९ वर्षिय विष्णु विक लाई डोको नबुनेसम्म साँझ बिहान हातमुख जोर्ने समस्या छ । विकले विगत ४० वर्षदेखि यस व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ ।

गाउँघरमा प्रयोग हुने डोको, थुम्से र भकारी बुनेर घर घरमा बिक्रीका लागि उहाँ पुग्नुहुन्छ । दिनमा पाँचवटा डोको बुनेर मासिक रु। २५ हजार आम्दानी हुने गरेको विकले बताउनुभयो ।

रामपुर क्षेत्रमै व्यवसायिक रुपमा उहाँले मात्र यस पेशालाई निरन्तरता दिनुभएको छ । रु। दुई सय देखि तीन सम्ममा एउटा बाँस किनेर उहाँले डोको बुन्दै आउनुभएको हो ।

उहाँ भन्नुहुन्छ,“कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ” उहाँले भन्नुभयो —“डोको बुनेर नै छोराछोरीको पढाइखर्च, घरव्यवहार चलाएको छु ।” एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने गर्दछ ।

आधुनिकतासंगै पछिल्लो समय थुम्से र भकारीको माग अत्यन्त न्यून हुने गरे पनि डोकोको माग भने अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विक बताउनुहुन्छ । “पहिले नै अर्डर हुन्छ, बुनेर सिध्याउन नपाउँदै बिक्री भइहाल्छ” उहाँले भन्नुभयो । हातमा सीप भयो भने बाँच्न गाह«ो नपर्ने उहाँको अनुभव छ ।

 

  • 70Read This News:
  • 507051Total reads:
  • 310362Total visitors: