४२ वर्षिय भारतिय गायक तथा संगितकार वाजिद खानको निधन

केहिदिनदेखी सुराना अस्पताल चेम्वुर भारतमा उपचार गराइ रहनुभएका ४२ वर्षिय भारतिय गायक तथा संगितकार वाजिद खानको गएराती सीटी अस्पताल मुम्वइ भारतमा निधन भएको छ । खान मृगौलाको विरामी हुनुहुन्थ्यो । गतसाल मृगौला प्रत्यारोपण गरिएको खानको मृगौलासम्वन्धि समास्याका कारण ४ दिनदेखी उपचाररत हुनुहुन्थ्यो ।

भारतिय चलचित्र उद्योगका उदायीमान गायक तथा संगितकार साजिद वाजिदको नामवाट संगित दिने गर्दथे । साजिद वाजिद दाजुभाइ हुन । यी जोडिले भारतिय संगितीक कार्यक्रम सारेगमप र सारेगमप सिंङ्ग सुपरस्टारको निर्णायकको रुपमा पनि काम गरेका थिए । यस्तै आइपीएलको संकेत धुनपनि निर्माण गरेका थिए ।

यो जोडीले डवंग, वान्टेड, एक था टाइगर, प्यार किया तो डरना क्या, गर्भ, तेरेनाम, पार्टनर आदी चर्चित चलचित्रमा संगित दिएका थिए भने राउडी राठोरको चिन्ताता चिताचिता र डवंगको फेविकोलसामा स्वरपनि दिएका थिए ।

 

  • 204Read This News:
  • 506409Total reads:
  • 309724Total visitors: