बेकरी पसलमा आगलागीहुँदा छ लाखको क्षति

काठमाडौँ, ३० फागुन २०७५ । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ ।

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौँ महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो । आगलागीबाट रु ५ लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

रासस

 

  • 38Read This News:
  • 404949Total reads:
  • 218392Total visitors: