विद्युत् चोरीको आरोपमा रसुवा रोशन कन्सट्रक्सनलाइ कारवाही

File photo

सप्तरी, ११ पुस २०७५ । सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले रु ४२ हजार १५२ जरिवाना तिरेको छ ।

राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएका रसुवा रोशन कन्सट्रक्सन जनकपुरले विद्युत् चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो । हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि ती निर्माण कम्पनीले सिधै पोलमा हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको पाइएपछि उक्त जरिवाना तिराइएको वितरण केन्द्रका प्रमख चन्द्रनारायण साहले बताउनुभयो ।

उहाँका अनसार विद्युत् चोरी गरी निर्माण काम गरिरहेको जानकारीका आधारमा प्राधिकरणको टोलीले रड काट्ने दुई थान कटर, तीन थान पानी तान्ने पम्प र दुई थान चिम विद्युत्को पोलमा हुकिङ गरिरहेकै अवस्थामा बरामद गरिएको थियो । विद्युत् चोरी गरी निर्माण कम्पनीले काम गरिरहेको पाइएपछि विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनसँग रु ४२ हजार १५२ बुझाउन विद्युत् प्राधिकरणले पत्र काटेको प्रमख साहले जानकारी दिनुभयो । सोही पत्रअनुसार रसुवा रोशन कन्सट्रक्सनले उक्त जरिवाना तिरेको उहाँले बताउनभुयो ।

 

  • 28Read This News:
  • 406518Total reads:
  • 219860Total visitors: