आशुतोष सेक्युरिटीजलाई कारोवारमा रोक

काठमाडौँ, ११ पुस २०७५ । नेपाल स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोवारमा रोक लगाएको छ ।

सो कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएको पाइएकाले कालोसूचीमा पर्नका कारण तथा तथ्य खुलाई ७ दिनभित्र पेश गर्न स्टकले निर्देशनसमेत दिएको छ । स्टकले मंगलवार उक्त निर्णय गरेको हो ।

धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम १८ मा सञ्चालक वा कार्यकारी प्रमुखको आयोग्यता आफू अथवा आफू सञ्चालक तथा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको अवधिभर कारोवार गर्न नपाउने व्यवस्था रहेको छ ।

सो कम्पनीबाट कारोबार राफसाफ तथा फछ्र्यौटलगायत अन्य कारोवार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको स्टकका कायम मुकायम सहायक प्रबन्धक सुरेश जोशीले जानकारी दिनुभयो ।

 

  • 45Read This News:
  • 483461Total reads:
  • 289214Total visitors: