इलाम क्षेत्र नं २मा पूर्वसभामुख नेम्वाङका २४ योजना

इलाम, ६ मङ्सिर २०७३। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गर्नुभएको छ ।

आव ०७३/७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले बजेट कार्यान्वयनका निम्ति २४ वटा योजना पेस गर्नुभएको हो ।

उहाँले जिल्लाको पश्चिमी क्षेत्रका आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी इभाङको ग्रामीण विद्युतीकरणका लागि रु ५० लाख विनियोजन गर्नुभएको छ । बाँझो–२, चुलाचुली–८ र साकफाराको तोरीबारीको विद्युतीकरणमा रु १५ लाख विनियोजन गर्नुभएको छ । त्यसबाहेक उहाँको रोजाइमा परेको धेरै सडकमा रु १० लाख विनियोजन भएका छन् । केही सडक मर्मतमा रु १५ लाख छुट्याइएको छ ।

जीतपुर–आमबोटे–देनपा जोड्ने सडकका लागि रु १० लाख, प्रहरी चौकीको भान्साघर निर्माणका लागि रु १४ लाख, एकतप्पा–९ रुपटारमा निर्माणाधीन किराँत हाङसाम माङहिम ९मन्दिर० निर्माणका लागि रु १० लाख, मङ्गलबारे बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि रु ११ लाख बजेट विनियोजन गर्नुभएको छ । योजना छनोट गर्दा अधिकांश सांसदको रोजाइमा सडकनै पर्ने गरेको छ ।

 

  • 40Read This News:
  • 503040Total reads:
  • 306513Total visitors: