३ महिनामा भारतवाट ३० लाख किलो फलफूल आयात

मोरंग, ३० कात्तिक २०७५ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो ।

चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा ७ लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिनुभयो । चालु आवको ३ महीनामा रु २ करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा रु १ करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ ।

 

  • 26Read This News:
  • 408014Total reads:
  • 221275Total visitors: