पाकिस्तानका प्रधानमन्त्री खान मलेसियाको २ दिने भ्रमणमा जाने

पाकिस्तान, ३० कात्तिक २०७५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्नुहुने भएको छ ।

उहाँ यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लाग्नु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्नुहुने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भएपछिको उहाँको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उहाँले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उहाँहरूले छलफल गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

 

  • 33Read This News:
  • 408173Total reads:
  • 221426Total visitors: