भारतिय रेल दुर्घटना प्रति राष्ट्रपति र प्रधानमन्त्रीबाट भारतीय समकक्षीलाई समवेदना

काठमाडौँ, ६ मङ्सिर २०७३ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पमकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतवार बेग्लाबेग्लै सन्देश पठाउनुहुँदै भारतको कानपुरनजिक पटना–इन्डोर एक्सप्रेसको एक रेल लिकबाट उछिट्टिइ भएको दुर्घटनामा ठूलो सङ्ख्यामा हताहति भएकोमा समवेदना व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीले आफ्ना समकक्षीलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुकासाथै उहाँहरुमार्फत शोकसंतप्त परिवारमा पनि समवेदना व्यक्त गर्नु भएको छ ।

उहाँहरुले सन्देशमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

 

  • 32Read This News:
  • 459750Total reads:
  • 269250Total visitors: