भारत रेल दुर्घटना मृत्यु हुनेको सङ्ख्या १ सय २० पुग्यो

भारत, ६ मङ्सिर २०७३ । भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको भारतीय प्रहरीले जनाएको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भएका बताइएको छ ।

प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुर्भाग्यवश मृतकको सङ्ख्या ९१ पुगेका भनीे वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौधरीले आइतबार विहान जानकारी दिनुभएको थियो । तर गम्भीर चोट लागि अस्पतालमा उपचाररत थप केही व्यक्तिको समेत मृत्युभएपछि मृतक सङ्ख्या १२० पुगेको हो ।

उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै आइतबार बिहानै ३ः३० बजे इन्डोर पटना एक्सप्रेस नामक सो रेल दुर्घटना भएको थियो । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएका थिए ।

दुर्घटनामा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको र धेरैको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या अझ केही बढ्नसक्ने प्रहरीले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताएको छ ।

 

  • 45Read This News:
  • 503894Total reads:
  • 307343Total visitors: