शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ, २९ कात्तिक २०७३ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानकको स्मरणमा शिख धर्मका अनुयायीले गुरुदेव पृथ्वीमा आएको दिनका रुपमा आगमन पर्व मनाउने गर्दछन् । शान्त स्वभावका, एकाग्र चित्त भएका गुरुदेव ध्यान तथा योगी भएको विश्वास छ ।

काठमाडौँको बालाजुस्थित नानक मठ (गुरुद्वार)मा गुरुको स्मरणमा विभिन्न धार्मिक गतिविधि तथा भण्डरा लगाइएको छ ।

सन् १४६९मा हालको पाकिस्तानमा जन्मनुभएका गुरु नानकले ब्रह्मज्ञान प्राप्त गरी मानव कल्याणका लागि क्रियाशील रहेको जनविश्वास छ ।

गुरु नानकले शान्तिको प्रचारका लागि नेपाल, हिन्दुस्तान, अफगानिस्तान, भुटान, मक्का मदिनालगायतका मुलुकको पैदल यात्रा गर्नुभएका गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो ।

भारत वर्षमा मुसलमान तथा हिन्दूका बीच द्वन्द्व भएको अवस्थामा गुरु नानकले दिएको तर्क तथा अनेक प्रयत्नका आधारमा द्वन्द्व न्यूनीकरण भएको इतिहास पाइने उहाँले बताउनुभयो ।

‘सबैका पिता एक हुन्’ भन्ने मान्यता राखेर सबै धर्मावलम्बीलाई सत्कर्ममा लाग्न प्रेरणा दिएका नानकलाई हिन्दूले जगत बाबा तथा इस्लामले पैगम्बरकै रुपमा आस्था राख्ने गरेको बताइएको छ । काठमाडौँमा छवटा ऐतिहासिक गुरुद्वार छन् भने नेपालमा करिब ७ हजार शिख धर्मावलम्बी छन् ।

 

  • 40Read This News:
  • 417822Total reads:
  • 230569Total visitors: