रोजगारमूलक उद्योग स्थापना गर्न मन्त्री विष्टको आग्रह

विराटनगर, १६ साउन २०७५ । श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताउनुभएको छ ।

युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विष्टले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट पार्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने कृषि, पर्यटन र निर्यात मुलुक उद्योग स्थापनामा सरकारले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो ।

 

  • 40Read This News:
  • 482528Total reads:
  • 289011Total visitors: