राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छः पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तान, १९ चैत २०७४ । पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताउनुभएको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो ।

पूर्व प्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उहाँमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको आरोप लागेको थियो । यसै प्रकरणमा उहाँले पदबाट राजिनामा दिनुभएको थियो ।

मतदातालाई राजनीतिक निर्णय गर्न दिऊँ, अव्वासीले भन्नुभयो । “राजनीतिमा को दोषी को इमान्दार भन्ने बिषय जनताबाट आउने निर्णय हो तर अदालती निर्णय होइन ।” जनताले पिएमएल– एन लाई छिट्टै सम्पन्न हुने निर्वाचनले अत्यधिक मतका साथ सशक्त शक्तिका रूपमा उभ्याउने बताउनुभयो ।
अव्वासीको यो भनाई सर्वोच्च अदालतका प्रधान न्यायाधीस मियाँ सादिक निसारसँगको भेटपछिको आफ्नो दलका समर्थकलाई गरेको सम्बोधनका क्रममा आएको हो ।

 

  • 52Read This News:
  • 508949Total reads:
  • 312244Total visitors: