काठमाण्डौ, २० जेठ २०७४ । शसस्त्र प्रहरीको ए पि एफ क्लब समूह विजेता बन्दै प्रधान मन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रीभुवन विश्व विद्यालयको मैदानमा शनिबार समूह ए को अन्तिम लिग खेलमा ए पि यफ क्लबले मध्यमाञ्चल विकास क्षेत्रको क्रिकेट टोलीलाई ६ विकेटले पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको होे ।
पहिलो ब्याटिङ्ग गरेको मध्येमाञ्चलले ४८.३ ओभरमा १ सय ८७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।
मध्येमाञ्चलका लागि हशिम अन्सारीले सर्वाधिक १ सय १ रन बनाउँदै शतक पुरा गरेका थिए ।
बलिङ्ग तर्पm ए पि एफ का अभिनास बोहोरा र शन्दिप जोराले सर्वाधिक ४÷४ विकेट लिएका थिए ।
१ सय ८८ रनको विजयी लक्ष्ये ए पि एफ ले ३४ ओभरमा ४ विकेट खर्चेर पुरा गरेको थियो ।
ए पि एफ का अनिल कुमार शाहले अविजित रहेर ७८ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।
यस खेलको प्लेएर अफ दि म्याच घोषित हुन सफल ए पि एफ क्लबका कप्तान ज्ञानेन्द्र मल्लले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
यो जित संगै समूह ए बाट ए पि एफ समूह विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको छ भने पश्चिमाञ्चल विकास केन्द्रको क्रिकेट टोली समूह उप विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको छ ।
जारी प्रधान मन्त्री कप एकदिवशिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनल खेल समूह ए को विजेता ए पि एफ क्लब र समूह बि को उप विजेता नेपाल पुलिस क्लब बिच हुनेछ ।
यसैगरि दोस्रो समिफाईनल खेल समूह बि को बिजेता त्रीभुवन आर्मी क्लब र समूह ए को उप विजेता पश्मिाञ्चल बिकास केन्द्रको क्रिकेट टोलीबिच हुनेछ ।


