धितोपत्र बजारमा २ अर्ब बढीको कारोबार

काठमाडौँ, २० जेठ २०७४ । धितोपत्र बजारमा यस साता रु २ अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ .८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.२७ अङ्कले घटेर अन्तिम दिन १ हजार ६०४.३१ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९४ अङ्कले घटेर ३४०.३४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका २ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

 

  • 81Read This News:
  • 485280Total reads:
  • 290272Total visitors: