अध्यक्ष राणाद्वारा बहुउद्देश्यीय भवनको उद्घाटन

गोरखा उद्योग बाणिज्य संघले छहरेमा निर्माण गरेको बहुउद्देश्यीय भवनको उदघाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

गोरखा, २० जेठ २०७४ । गोरखा उद्योग वाणिज्य सङ्घले छहरेमा निर्माण गरेको बहुउद्देश्यीय भवनको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको छ ।

विसं २०६८ पुस २२ मा तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईले शिलान्यास गर्नुभएको उक्त भवन आज महासङ्घ अध्यक्ष राणाले उद्घाटन गर्नुभयो । भवनभित्र कार्यक्रम तथा तालिम गर्न मिल्ने कोठाका साथै महासङ्घका पदाधिकारीका कोठाहरु रहेका छन् ।

बहुउद्देश्यीय भवन उद्घाटन तथा विधान संशोधन विशेष साधारणसभामा बोल्दै अध्यक्ष राणाले भवन निर्माणमा आफूले व्यक्तिगततर्फबाट रु ५० हजार सहयोग गर्ने घोषणा गर्दै भवन निर्माण सम्पन्न गरेकोमा सङ्घलाई धन्यवाद दिनुभयो । साथै स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै राणाले जनप्रतिनिधि, निजी क्षेत्र र सरकार मिलेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घको प्रदेश नं ४ का संयोजक सञ्जीत कोइराला, पूर्वअध्यक्ष ईश्वरकाजी मास्के, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापा, सङ्घको गोरखा अध्यक्ष श्रवणकुमार जोशी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलगायतले पालुङ्टार च्याङ्लीमा विशेष औद्योगिक क्षेत्र स्थापनामा सहयोग तथा घरेलु तथा पर्यटन उद्योग स्थापना गर्न महासङ्घले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

  • 92Read This News:
  • 509389Total reads:
  • 312666Total visitors: