कम्बोडिया म्यानमारबीच प्रतिरक्षा र राष्ट्रिय सुरक्षासम्बन्धी छलफल

कम्बोडिया, २६ फागुन २०७३। कम्बोडियाका प्रतिरक्षा मन्त्री जनरल टी बान्हले म्यानमारका प्रतिरक्षा सेवाका सेना प्रमुख मिन आङ्ग संग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूबीच दुई देशको प्रतिरक्षा र राष्ट्रिय सुरक्षासम्बन्धी छलफल भएको वरिष्ठ सैनिक अधिकारीले जानकारी दिनुभएको छ ।

कम्बोडियाको औपचारिक भ्रमणमा पहिलो पटक आउनु भएका म्यानमारका प्रतिरक्षा सेवाले सेना प्रमुख मिन आङ्गले दुई देशबीचको प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको विषयमा द्विपक्षीय सहयोग वृद्धि गर्ने बताउनुभएको ‘रोयल कम्बोडिन आम्र्ड फोर्सेस’का उपप्रमुखले उक्त छलफलपछि समाचारदाताहरूलाई बताउनुभएको छ ।

उहाँका अनुसार वरिष्ठ सैनिक अधिकारीहरू र सैन्य विद्यामा अध्ययनरत् विद्यार्थीहरू दुबै देशमा आवतजावत गरी सहयोग गर्नका लागि उच्चस्तरीय आदेश गरिने द्विपक्षीय निर्णय भएको छ ।

म्यानमारको प्रतिरक्षा सेवाले सेना प्रमुख मिन आङ्ग लाइग दुईदिने भ्रमणको क्रममा बुधबार कम्बोडियाको न्होमपेन्ह आउनुभएको हो ।

उहाँले बुधबार अपराह्नमा कम्बोडियाको राष्ट्रपति सम्डेच टेचो हुन सेनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको पनि बताइएको छ ।

 

  • 22Read This News:
  • 483778Total reads:
  • 289409Total visitors: