सिरियामा हवाई आक्रमणमा परी दुईको मृत्यु

सिरिया, २६ फागुन २०७३। सिरियाको राजधानी दमासकस नजिकै विद्रोहीहरूको एक समूह रहेको स्थानलाई लक्ष्यगरी बुधबार भएको बमबारीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको मानव अधिकारबादी समूहले जानकारी दिएको छ ।

रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताइएको छ ।

डुउमास्थित भएको यस हवाई आक्रमणमा परी एक युवक र महिलाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देलले बताएका छन् ।

आर्बिन सरहमा भएको अर्को हवाई आक्रमणमा परी कम्तीमा २४ व्यक्तिको घाइते भएका छन् ।

यी हवाई आक्रमणहरू मङ्गलबार अपराह्नमा गरिएको युद्धविरामपछि पहिलो पटक भएको रहमानले बताएका छन्। ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) हाबी हुँदै गए ।

यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी यस द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँले आफ्नो घर छोडी देशभित्र र विदेशमा शरणार्थी जीवन बिताइरहेका छन् ।

 

  • 28Read This News:
  • 483770Total reads:
  • 289402Total visitors: