अंशसम्बधीको विवादका कारण छोरीहरु र ज्वाई मिलेर ५० वर्षीय दुलालको हत्या

चितवन, ५ साउन २०७४ । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ ।

उनको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । मृतक दुलालको टाउकोलगायत शरीरका विभिन्न अंगमा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले विगतमा पनि मदिरा सेवनगरी झगडा गर्दै आएको पाइएको र अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । अंशसम्बधीको विवादमा घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

 

  • 34Read This News:
  • 485712Total reads:
  • 290564Total visitors: