प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान’ गरिने

काठमाडौँ, ५ साउन २०७४। त्रिमूर्ति निकेतनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको कदर स्वरुप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री दाहाललाइ उक्त सम्मान समर्पण गरिने निकेतनले जनाएको छ ।

त्रिमूर्ति निकेतन र नइ प्रकाशनको मागबमोजिम नेपाली वाङ्मयका शिखर व्यक्तित्व डा. सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी प्रचण्डको प्रधानमन्त्रीत्वकालमा जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको तथा त्रिमूर्ति निकेतनलाई विशिष्ट सहयोग गरेका कारण उहाँलाई सो सम्मान र पदक प्रदान गर्न लगिएको संस्थाले जनाएको छ ।

 

  • 35Read This News:
  • 485739Total reads:
  • 290577Total visitors: