किन योमरी मंसिर पुर्णिमामा खाने ?

नेवार समुदायले तयार गर्ने बिभिन्न परिकारहरुमा एक परिकार हो योमरी । योमरी खास परिकार हुनुकासाथै खास दिनमा तयार गरि खाइन्छ । हरेक महिनामा पर्ने चन्द्रमास अनुसारको पुर्णिमाको दिन फरक फरक चाडको रुपमा मनाउने चलन छ । जस्तै बैशाख पुर्णिमामा बुद्ध जयन्ती असोज पुर्णिमा कोजाग्रात पुर्णिमा अर्थात दशैँको अन्तिम दिन, पुस र माघ पुर्णिमा स्वस्थानी पुजा, फागुणको पुर्णिमामा होली फागुपुर्णिमा, जस्तै मंसिरको पुर्णिमाको दिनमा योमरी पुन्ही (पुर्णिमा) पर्वको रुपमा मनाउने प्रचलन छ ।

किन र कसरी मनाइन्छ योमरी पुन्ही ?

योमरी पुन्ही पर्व असारमा रोपेको धान मंसिरमा भित्र्याएर त्यही धान कुटेर बनाएको चामलको पिठोबाट योमरी बनाएर यो पर्व मनाइन्छ । योमरी संगै विभिन्न देवी देवता गाइ मुसा आदी जनावर योमरीसंगै बनाएर त्यो मंसिरमा भित्र्याएको धानको भकारीमा पुजागर्ने चलन छ । आज योमरीबाट भकारीको पुजा गर्ने र ४ दिन पछिफेरी योमरी बनाएर त्यही नयाँ धान राखेको भकारी पुजा गरेर भोज खाएपछि योमरी पुन्ही पर्व पुराहुन्छ । यसलाई अन्नपुर्ण माताको पुजा पनि भनिन्छ । ललितपुरको थेचो र हरिसिद्धि क्षेत्रमा योमरी पुन्हीमा मुकुट नृत्यपनि प्रदर्शन गर्ने चलन छ । केही स्थानमा सानासाना बालबालिकाहरु घरघरमा गएर योमरी मागेर माया र सदभाब दर्शाउने पनि प्रचलन छ ।

Thecho dance and culture

कसरी बनाउने त योमरी ?

नयाँ धानको चामललाइै मसिनो बनाएर पीठो बनाउने त्यसमा मनतातो पानि बिस्तारै बिस्तारै हाल्दै मुछ्ने । राम्रोसंग नरम हुनेगरेर मुछिसकेपछी त्यसलाइ राम्ररी छोपेर राख्नु पर्छ तातो पानिले मुछेकोले चाँडै नसुकोस भनेर छोपेर राख्ने हो ।

तिललाई राम्रोसंग भुट्ने त्यसपछी सखर, चाकुलाई एउटा भाडामा आबश्यकता अनुसार पानी राख्ने र पकाउने र त्यसमा तिल राख्ने ।
यसपछि पहिला पहिला माटोको हाँडी जस्तो तल प्वाल भएको भाडो हुन्थ्यो अहिले आधुनिक मम बनाउने भाँडा पाइन्छ त्यस भाँडामा पानी उमाल्ने र माथीको प्वालप्वाल भएको भाँडामा थोरैथोरै चामलको पिठोलाई निकालेर चुच्चो बनाएर बिचमा चोर औलाले बिस्तारै प्वाल बनाएर त्यसमा चाकु तिल राखेर बन्द गर्ने अनि त्यस भाडामा राखेर बफ्याए पछि तयार हुन्छ योमरी ।

पहिला पहिला योमरी चाकुको र मासको हुने गर्दथ्यो र भकारीको पुजा गर्दा ठुलो ठुलो दुईवटा एउटा मासको र अर्को चाकुको योमरी संगै अन्य सानासाना योमरी र बिभिन्न भगवान र जनावरको मुर्तिस्वरुपको रोटी बनाएर पुजा गरिन्थ्यो । चाकुको योमरीलाई बायो योमरी र मासकोलाई मायो योमरी (म्यामरी) भनेर महिला र पुरुषको रुपमा पनि साँकेतिक रुपमा योमरीको पुजा गर्ने गरिन्छ ।

अहिले स्वादको लागि चाकु, खुवा, मास, मासु आदी बिभिन्न प्रकारको योमरी बनाउने चलन छ ।

योमरी की यमरी ?

योमरी “य” र “मरी” मिलेर “यमरी” बनेको हो । “य” को अर्थ मनपर्ने र “मरी” को अर्थ रोटी । त्यसले यमरीको अर्थ हुन्छ मनपर्ने रोटी । पछी यमरीबाट योमरी हुन गएको केही स्थानियको भनाइ छ ।

योमरी (यमरी) बनाउने बिस्तृत भिडियोको लिंकहरु यस प्रकार छ ।

 

  • 462Read This News:
  • 484497Total reads:
  • 289848Total visitors: