सवै भन्दा ठूलो ‘म्याराथन’मा ३५ हजार सहभागी

इजरायल, २७ फागुन २०७४ । इजरायलको जेरुसलेममा भएको तेश्रो म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका छन् ।

शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सवैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ ।

म्याराथन दौड स्थानीय समयानुसार बिहान ६ः४५ मा सुरु भएको थियो भने दिउसो २ बजे सकिएको थियो ।

सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्याण्ड, पोर्चुगललगायत ७२ भन्दा बढी देशका धावक सहभागी भएका थिए ।

इजरायलभन्दा बाहिरका देशमध्ये हङकङले सवैभन्दा धेरै धावकहरू सहभागी गराएको थियो । हङकङपछि लस एन्जेल्स (अमेरिका), बेइजिङ (चीन) र लण्डन (वेलायत)ले धेरै धावकलाई म्याराथनमा दौडिन लगाएको थियो ।

 

  • 49Read This News:
  • 532088Total reads:
  • 335001Total visitors: