ब्राजिलमा कमलपित्तका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो

ब्राजिल, २७ फागुन २०७४ । ब्राजिलको अत्याधिक जनसंंख्या भएको साओ पाउलो राज्यमा कमलपित्तका कारण मृत्यु हुनेहरुको संख्या ११६ पुगेको छ ।

हालै फैलिएको कमलपित्तको प्रकोपमा परी ३२६ जना बिरामी भएको पनि स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तामा थप १४ को मृत्यु भएको र ४० बिरामी भएका छन् ।

रोगको प्रकोपलाई नियन्त्रणमा लिनका लागि सरकारी अधिकारीहरुले व्यापक रुपमा खोप अभियान चलाएका छन् ।

यसै बर्षको सुरुदेखि अहिले सम्ममा साओ पाउलो राज्यमा कमलवित्तको विरुद्धमा झण्डै ७० लाख जनालाई खोप लगाइएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको साओ पाउलो राज्य कमलपित्तबाट सवै भन्दा धेरै प्रभावित भएको राज्य हो भने दोस्रोमा दक्षिणपूर्वी राज्य मिनास गेरैस रहेको छ ।

 

  • 42Read This News:
  • 532038Total reads:
  • 334952Total visitors: