उत्तर कोरियासँगको वार्तामा ‘कुटनीतिक खतरा’: हिलारी क्लिन्टन

US-VOTE-DEMOCRATS-CLINTON

नेदरल्याण्ड, २७ फागुन २०७४ । अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ ।

उहाँले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताउनुभयो ।

पूर्व विदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भन्नुभयो, “यदि तपाई किम जोङ अनसँग आणविक हतियारका बिषयमा वार्ता गर्न चाहन्छ भने अनुभवी कुटनीतिज्ञको खाँचो छ ।”

वार्तामा सहभागी हुने उत्तर कोरियाली सदस्य विश्वको कानून तथा राजनीतिका ज्ञाता हुनेछन् तर कुन अमेरिकीले उनीहरूको भाषा बुझ्न सक्छ, उहाँले भन्नुभयो ।

क्लिन्टनले भन्नुभयो, “अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली बिषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ । किनकि धेरै अनुभवी कुटनीतिज्ञले विभाग छोडिसकेका छन् ।”

उहाँले थप्नुभयो, “कुटनीतिज्ञविना वार्तामा निखार ल्याउन सम्भव छैन । यो खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैन ।”

क्लिन्टनको भनाई संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले भनेजस्तै उत्तर कोरियासँग वार्ता गर्ने कुरा टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो नभएको भन्ने प्रतिक्रियासँग मिल्ने गरी आएको छ ।

यो वास्तविक मौका हो । मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहिनता देखेर दुःख लागेको छ, रिचार्डसनले बताउनुभयो ।

 

  • 63Read This News:
  • 532092Total reads:
  • 335005Total visitors: