महिला समूहद्वारा कुटानी पिसानी मिल स्थापना

तेह्रथुम, १६ कात्तिक २०७४ । फेदाप गाउँपालिकामा महिला समूहले कुटानी पिसानी मिल सञ्चालनमा ल्याएका छन् ।

स्थानीयवासीको सहजताका लागि गठित ओयाक्जुङमा रहेको प्रजाङ महिला समूहले मिल सञ्चालनमा ल्याएका हुन् ।

स्थानीयवासी तुलसीप्रसाद मादेम्बा र बलबहादुर मादेम्बाले निःशुल्क ८ आना जग्गा उपलब्ध गराएपछि सो समूहले मिल स्थापना गर्न सफल भएको हो । मादेम्बा परिवारले आफ्ना पिता दिलबहादुर र माता रुद्रमाया मादेम्बाको स्मृतिमा जग्गादान गरेको महिला समूहका अध्यक्ष बिमला मादेम्बाले बताउनुभयोे ।

कूल रु १ लाख १३ हजारको लागतमा निर्माण गरिएको सो मिल सञ्चालनका लागि स्थानीय सहयोगदाता विक्रम पयाङगुले रु ५० हजार सहयोग गर्नुभएको समूहका सचिव निर्मला मादेम्बाले बताउनुभयो । मिल नहुँदा यहाँका स्थानीयवासी कुटानी पिसानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने तथा परम्परागत ढिकी जाँतोमै काम चलाउन बाध्य थिए ।

 

  • 41Read This News:
  • 459526Total reads:
  • 269032Total visitors: