पाकिस्तानको क्वेटा शहरमा बम विस्फोटबाट एघारको मृत्यु

पाकिस्तान, ९ असार २०७४ । पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको एक विस्फोटमा परीमा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बिस्फोटबाट २० जना घाइते भएका छन् । बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा ४ प्रहरी अधिकारी पनि रहेका छन् ।

बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले बताएको एएफपीले जनाएको छ ।

घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ ।

यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

 

  • 93Read This News:
  • 459250Total reads:
  • 268774Total visitors: