ग्वाटेमाला, ९ असार २०७४। ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् ।
स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
यस भुकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको सहर पुरानो र ऐतिहासिक हो । यस भूकम्पबाट कुनै मानविय क्षति नभएको तर ४ व्यक्ति घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएको छ ।


