भारतको राष्ट्रपतिका लागि अहिलेसम्म २४ जनाको उम्मेदवारी

भारत, ९ असार २०७४। भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवार सम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको ५ बर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो ।

भारतीय श्रोतले दिएको जानकारी अनुसार उम्मेदबारी दर्ता गरेका मध्ये कोहीपनि राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन् । उनीहरु सवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदबारी दिएका मध्ये २ जनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएकोे जनाइएको छ ।

भारतीय जनता पार्टीले आफु नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आगामी राष्ट्रपतिका लागि ७१ बर्षीय रामनाथ कोभिन्डलाई गत सोमबार नै उम्मेदबार बनाएको छ ।

कोभिन्ड दुई पटकसम्म सांसद भइसक्नु भएको छ भने अहिले पूर्वी राज्य विहारका गभर्नर हुनुहुन्छ ।

यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति हुनु भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हाल्नु भएको थियो । कोभिन्ड निर्वाचित हुनुभयो भने उहाँ भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ ।

भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तिमा ३५ बर्ष नाघेको हुनु पर्ने ब्यवस्था छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रिय र प्रदेश संसदका सांसदहरूले मतदान गर्ने व्यवस्था छ ।

 

  • 80Read This News:
  • 482591Total reads:
  • 289014Total visitors: