सिरियाको अदालतमा हात्मघाती हमला, २५ जनाको मृत्यु

सिरिया, ३ चैत २०७३। सिरियाको केन्द्रमा रहेको अदालत भवनमा बुधबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

सरकारी समाचार संस्था सानाले देशको निकै पुरानो अदालत भवनमा आतङ्ककारीहरुले आत्मघाती हमला गरेको र २५ जनाको हत्या गरेको जनाएको छ ।

दामसकस प्रहरीलाई उदृत गर्दै प्रेषीत समाचारका अनुसार हमलाकारीहरुले एम्बुसको समेत प्रयोग गरेका थिए ।

कार्यालय समयमा धमाधम सेवाग्राहीको काम भईरहेका बेला आक्रमण भएकाले आक्रमणकारीहरुले आम नागरिकलाई लक्षित गरेर विस्फोट गराएको हुन सक्ने अनुमानछ ।

सन् २०११ देखि सिरियामा सरकार विरोधी हिंसात्मक गतिविधिहरु भईरहेका छन् । गत शनिबार राजधानीमा भएका दुई ओटा बम हमलामा परी ७४ जना आम नागरिकको मृत्यु भएको थियो भने त्यसको जिम्मेबारी फतेह अल शाम फ्रन्टले लिएको थियो ।

 

  • 24Read This News:
  • 459791Total reads:
  • 269287Total visitors: