कम्बोडियाका उपप्रधानमन्त्रीको ६६ बर्षको उमेरमा निधन

कम्वोडिया, ३ चैत २०७३। कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ ।

“संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन स्थानिय समयअनुसार साँझ ६ः३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ ।

सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता थिए । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उनी केन्द्रीय कार्यसमिति सदस्य हुन ।

सन् १९९८ देखि निरन्तर कम्बोडियोको मन्त्री भएको थियो भने सन् २००४ देखी उपप्रधानमन्त्री बनेका हुन ।

 

  • 31Read This News:
  • 509601Total reads:
  • 312876Total visitors: