गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी

गुल्मी, २१ फागुन २०७३ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ ।

सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ ।

 

  • 42Read This News:
  • 449405Total reads:
  • 260822Total visitors: