नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७,८०० पुग्यो

विगत २४ घण्टामा नृपालमा १,१७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६७,८०० पुगेको छ। काठमाण्डूमा मात्रै १५,००० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको छ।

गत २४ घण्टामा कोरोना संक्रमण्मा कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।

नेपालमा अहिलेसम्म ४३६ सङ्क्रमितको मृत्यु भैसकेको छ। नेपालमा दैनिक हजार जना भन्दा बढी कोरोना संक्रमित देखिन थालेकोछ अझ गत शुक्रवार भने २०२० जनामा संक्रमण देखाएको थियो ।

अहिले देशभरि १७,४१४ जनामा सक्रिय सङ्क्रमित छ। तीमध्ये ८,२२८ जना संस्थागत आइसोलेशनमा र ९,१६६ जना घरमै बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डां जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे फेरी नेपालमा बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनु भयो।

 

  • 162Read This News:
  • 481507Total reads:
  • 288824Total visitors: