वरिष्ठ बालरोग विशेषज्ञ बरालको ‘नियति र अनुभूति’ बजारमा

काठमाडौँ, २८ असोज २०७५ । प्राध्यापक डा मणिन्द्ररञ्जन बरालको जीवन–यात्रासँग सम्बन्धित पुस्तक ‘नियति र अनुभूति’ बजारमा आएको छ ।

आठ दशक पार गरिसक्नुभएका वरिष्ठ बालरोग विशेषज्ञ बरालले आफ्नो जीवन भोगाइलाई पुस्तकमा सरल र परिस्कृतरुपमा पस्कनुभएको छ । पुस्तकलाई निरसताबाट जोगाउन कहीँकतै रोचक, घोचक र अविस्मरणीय कथा–कुथुङ्ग्रीलाई जोडिएको लेखक डा बरालले जानकारी दिनुभयो ।

पेशाले चिकित्सक रहनुभएका डा. बरालले पुस्कतको अधिकांश विषयवस्तु पेशागत अवस्थामा भोग्नु परेका समस्या, सम्झना, बाल्यअवस्थादेखि अहिलेसम्मको क्रियाशीलतालाई समेट्नुभएको छ ।

सिरहामा जन्मुनभएका डा. बरालले पुस्कतकमा ‘मेरो प्यारो वस्तीपुर’, ‘सिरहा जिल्लाको नालेबेली’, ‘मेरो अध्ययन यात्रा’, ‘काम, दाम, माम र नाम’, ‘बेलायतमा उच्च अध्ययन’, ‘वीर अस्पतालदेखि कान्ति बाल अस्पतालसम्म’, ‘मारवाडी डाक्टर’ र ‘काठमाडौँ मेडिकल कलेजः मेरो कर्म क्षेत्र’लगायतका विषयमा स्मरण लेख्नुभएको छ ।

कुलचन्द्र गौतम स्मृति संस्थाले बजारमा ल्याएको सो पुस्तक ३५३ पृष्ठको मूल्य रु एक हजार रहेको छ ।

 

  • 75Read This News:
  • 459150Total reads:
  • 268690Total visitors: